युनिसेफको श्वास्थ्य सम्बन्धित कार्यक्रमका भारतीय मास्टर ब्लास्टर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन। उनी आज राती बिशेष बिमानबाट काठमाडाै पुगेका हुन ।
युनिसेफको सदभावना दूत रहेका तेन्दुलकरले कीर्तिपुर मैदानमा भाेली नेपालका पूर्व खेलाडी बिनाेद दासकाे टिमसँग च्यारिटी खेल खेल्ने छन् ।
दुबैकाे टिममा युनिसेफले स्कुलका विद्यार्थीलाइ समावेश गरेर टिम बनाएका छन।
यहि कार्यक्रमका लागि हाल भारतमा रहेका यू १९ टिमका प्रशिक्षक बिनोद कुमार दास नेपाल पुगिसकेका छन । भाेली कीर्तिपुर मैदानमा बिहान १० बजेबाट खेल सुरु हुनेछ ।
बालबच्चालाई पौस्टिक चिजका बिषयमा सचेतना अभियानमा उनि समावेश गरिएका हुन् । उनी काठमाडाैकाे द्वारीका हाेटेलमा बस्नेछन ।
Discussion about this post