पारसको डेब्यु खेलमा ३ रन, आबुधाबीले बराबरी खेल्याे

यूएईमा जारी टी १० लिग क्रिकेटमा पहिलो खेलमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको टिमले बराबरी खेलेको छ । यो खेलमा पारस खड्काले ब्याटिमङमा तीन रन बनाएपनि बलिङ भने गर्न पाएनन् ।

पहिलो खेलमा नै प्लेइङ सेटमा परेका पारस पाँचौ नम्वरमा ब्याटिङमा आएका थिए । जसमा उनले पहिलो बल फेस गर्दा दुई रन लिएका थिए । अर्को तर्फ ब्याटिङ गरेका कोर एन्डरसनले लगातार बाउन्ड्रि प्रहार गरेकाले पारसले खासै ब्याटिङको मौका पाउनन् ।

तर पनि उनले एन्डरसनसँग रनिङ विटुइन द विकेटमा राम्रो गरेका थिए । तर उनले दोस्रो बलमा रन लिन सकेनन ।अन्तिम बलमा उनले थप एक रन लिन सफल भए ।

जसका कारण उनको टिमले १० ओभरमा ६ विकेट गुमाउदै एक सय तीन रन बनाएको थियो । जवाफमा कलन्दर्सले पनि १० ओभरमा तीन विकेट गुमाउँदा एक सय तीन रन बनाउँदा खेल बराबरी भयो । जसका कारण दलुबै टिमले अंक बाढे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest