नेपाल टस हारेर ब्याटिङ गर्दै

एसीसी ईमर्जिंग टिम्स कपको आफ्नो दोश्रो खेलमा नेपालले टस हारेर ब्याटिंगको निम्तो पाएको छ। नेपालको टिममा एक परिवर्तन गरेको छ । सोमपाल कामीको स्थानमा अविनाश बोहरा शुरुवाती ११ मा छन् ।

बिहिबार भएको भारत बिरुद्धको खेलमा नेपाल सात विकेटले पराजित भएको थियो । पहिले ब्याटिंग गरेको नेपालले ४४.५ ओभरमा आफ्ना सबै विकेट गुमाएर १९३ रन बनाएको थियो भने जवाफी ब्याटिंग गरेको भारतले ४२ ओभर खेल्दै तीन विकेटको नोक्सानीमा जीत आत्मसाथ गर्यो ।

नेपाली टोली
ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषावाकर, बिनोद भण्डारी, आरिफ शेख, करण केसी, ललित नारायण राजबंशी, पवन सर्राफ, सुशन भारी, कुशल भुर्तेल, अविनाश बोहरा

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest