सचिनकाे टिम विजयी

युनिसेफको आयोजनामा भएको सचिन तेन्दुलकर र विनोद दासको कप्तानीमा रहेको टिममा सचिनको टिम विजयी भएको छ ।

कीर्तिपुर मैदानमा १० ओभरमा खेल खेलाउने बताइएपनि आठ ओभरको खेलमात्र भएको थियो । जसमा पहिले ब्याटिङ गरेको विनोद दासको टिमले ४५ रनको लक्ष्य दिएको छ ।

Sachin Tendulkar
Sachin Tendulkar in Nepal. Photo: UNICEF/FB

युनिसेफको निमन्त्रणामा गएराति काठमाडौं पुगेका सचिनले कीर्तिपुर मैदानमा बलिङ पनि गरेका थिए ।
युनिसेफको सदभावना दुतका रुपमा रहेका सचिनको टिमले केहिबेरमा ब्याटिङ गर्नेछन । दुबै टिममा स्कुल बालबालिकाको सहभागिता रहेको छ ।

Sachin Tendulkar in Nepal
Sachin Tendulkar in Nepal. Photo: UNICEF/FB

जवाफमा सचिनको टिमले चार विकेट गुमाएर लक्ष्य पुरा गर्यो । सचिनले ब्याटिङमा सात रन बनाए । जसमा उनले एक चौका प्रहार गरेका थिए । उनी ब्याटिङमा आउँदा कीर्तिपुर मैदानमा उपस्थित सबै समर्थकले ठुलो हुटिङ गरेका थिए । यसका साथै उनलाई समर्थकले छक्का प्रहार गर्न भन्दै हल्लापनि गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest