नेपालले हङकङलाई दुई सय १८ रनको लक्ष्य

एसीसी इमर्जिङ कप एशिया कपमा नेपालले हङकङलाई दुई सय १८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा दुई सय १७ रन बनायो । नेपालका लागि अनुभवी खेलाडी शरद भेषवाकरले उत्कृष्ट पारी खेले । जसमा उनले ८९ रन बनाए । उनले एक सय ३९ बलमा नौ चौका प्रहार गरे ।

खराव सुरुवात गरेको नेपालले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा नै पेभेलियन फर्किए । त्यसको लगत्तै कुशल भुर्तेलपनि एक रनमा आउट भएपनि नेपालले तीन रनमा दोस्रो विकेट गुमायो । त्यसपछि शरद भेषवाकर र दिपेन्द्रसिंह ऐरीका विच दोस्रो विकेटका लागि ८३ रनको साझेदारी भएको थियो ।

जसमा ऐरी ३७ रनमा आउट हुँदा नेपालको स्कोर ८६ रन थियो । त्यसपछि शरद र आरिफ शेख विच पनि अर्को अर्धसतकिय साझेदारी भएको थियो । आरिफ ४२ रनमा आउट हुँदा नेपालले एक सय ६० रनमा चार विकेट खेर फाल्यो ।

तर त्यसपछि भने नेपालका खेलाडी विच राम्रो साझेदारी हुने सकेन । अधिल्लो खेलमा अर्धसतक बनाएका पवन सराफले खाता खोल्न सकेनन् भने विनोद भण्डारी १५, करण केसी सात तथा सुसान भारी ६ रनमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest