नेपाली यु-१९ लाई २५९ रनको लक्ष्य

भारतमा जारी च्यालेन्जर्स कपमा नेपाली यु १९ ले २५९ रनको लक्ष्य पाएको छ ।  पहिले ब्याटिङ गरेको भारत पहेँलोले निर्धारित ५० ओभरका खेलमा ६ विकेट गुमाएर २५९ रन बनाएको हो ।

यी दुई टिम तेस्रो स्थानका लागि प्रतिस्पर्धामा छन् । भारतका सौरभ कुमारले अविजित ५८ रनको अर्ध शतकीय पारि खेले । यसैगरी सुवंग समर्थले पनि नट आउट ३६ रनको योगदा गरेका थिए ।

यसैगरी विक्रान्त सिंह ५० रनमा आउट हुँदा आर्य सिंह ३१ रनमा पभेलियन फर्किए ।

नेपालका लेगस्पिनर सागर ढकालले ३ विकेट लिँदा कुशल मल्लले २ विकेट हात पारे । पहिलो पटक यु १९ खेलिरहेका विवेक कुमार यादवको नाममा एक विकेट रह्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest