पारसकाे टिम पहिले बलिङमा, आजपनि सुरुवाती ११ मा परे

नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्का रहेको टिम आबु धाबीले टी(१० क्रिकेट लिगको दोस्रो खेलमा अहिले नर्दन वारिवर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

शेख जायद स्टेडियममा वारिवर्सले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पारसको टिम आबु धाबीले सुरुवातमा बलिङ गर्नेछ ।

वारिवर्सविरुद्ध पारस प्लेईङ सेटमा परेका छन् । पारसले डेब्यु खेलमा क्वालान्डर्सविरुद्ध ३ रन बनाएका थिए ।

आज पारसको टिम आबु धाबी पहिलो जित निकाल्ने योजनामा रहेको छ । क्वालान्डर्ससँगको पहिलो खेल टाई हुँदा आबु धाबीले अंक बाडेको थियो ।

समूह ुबीु मा रहेको आबु धाबीले १ खेलमा १ अंक जोडेको छ र समूहको तेस्रो स्थानमा छ । वारिवर्स दुई खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest