नेपाल भारतको सी टिमसँग १५५ रनले पराजित

भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतको सी टिमसँग १५५ रनले पराजित भएको छ ।

हैदरवादमा आइतबार भएको खेलमा भारतले दिएको २ सय ५९ रनको लक्ष्य पछयाएको नेपाल ३२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३ रनमा समेटिएको थियो ।

[matchcenter id=”34962″]

नेपालका लागि खडक बहादुर बोहरा र कुशल मल्लले समान २६ रन जोडेका थिए । त्रित राज दासले १९ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

भारतका सुभाङ समर्थले ३ विकेट लिए भने रबी रोशन, रन्जन पाउल र विद्याधर पाटिलले २–२ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो । भारतका सौरभ कुमार डागरले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा विक्रान्त सिंहले ५० रनको योगदान दिए ।

यस्तै सुभाङ समर्थले ३४ तथा आर्य सेठीले ३१ रन बनाए । कुमार कुसग्राले २७ रन जोडे । नेपालका लागी सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट लिए । यो हारसँगै नेपाल जित विहीन बन्दै घर फर्किएको छ ।

यस अघि पहिलो खेलमा नेपाल ‘सी’टिमसँगै १० विकेटले पराजित भएको थियो । यस्तै भारतको ‘ए’ टिमसँग १ सय ७ रन ‘बि’ टिमसँग २ विकेटले पराजित भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest