पारसकाे टिमकाे पहिलाे जित, पारस अविजित

दुबईमा जारी टि–१० लिगमा पारस खड्काको टिम अबुधाबी विजयी भएको छ । टिम अबुधाबीले नर्दन वारियर्सलाई ६ विकेटले हरायो ।

नर्दन वारियर्सले दिएको ९३ रनको लक्ष्य टिम अबुधाबीले चार विकेटको क्षतिमा नौ बल अगावै पूरा ग¥यो । तीन विकेट गएपछि क्रिजमा आएका पारस खड्काले एक बलको सामना गर्दै अविजित एक रन बनाए । त्यसअघि ल्यूक राइट र मोइन अलीले ७७ रनको साझेदारी गर्दै अबुधाबी टिमको जितको आधार खडा गरेका थिए ।

१३ रन बनाएको अवस्थामा निरोशन डिकवेल्ला ब्यक्तिगत आठ रनमा आउट भएका थिए । ल्यूक राइटले ४८ रनको विस्फोटक इनिङ्स खेले । उनले २३ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । मोइन अलीले ३० रन बनाए । उनले २० बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए । त्यसपछि लुईस ग्रिगोरी डकआउटभएपछि पारस खड्का क्रिजमा गएका थिए ।

बलिङतर्फ क्रिश ग्रिनले दुई विकेट लिँदा मार्क दियालले एक विकेट हात पारे । अबुधाबीका ल्यूक राईट रनआउट भएका थिए ।

टस जितेर ब्याटिङ रोजेको नर्दन वारियर्सले १० ओभरमा एक विकेट गुमाउँदै ९२ रन बनाएको थियो । आन्द्रे रसेलले अविजित ३७ र साम बिलिङ्सले अविजित ३५ रनको योगदान दिए । ड्यारेन साम्मीले १७ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest