टी-१० लिगमा सन्दिपकाे उत्कृष्ट बलिङ, लिए २ विकेट

आबुधावीमा जारी टी १० क्रिकेट लिगमा नेपाली खेलाडी सन्दिप लामिछानेले दुई विकेट लिएका छन । पहिलो खेलमा एक विकेट लिएका उनले दाेस्राे ओभरमा २ विकेट लिए । उनले दुई ओभरमा नौ रन दिएर दुई विकेट लिए ।

पहिलो खेलको पहिलो बलमा नै विकेट लिएका सन्दिपले प्रतियोगिताको दोस्रो खेलमा दोस्रो बलमा नै विकेट लिए । उनले बंगला टाइगर्सका आन्द्रे फ्लेचरलाई ४० रनमा आउट गरे । उनले पहिलो ओभरमा ५ रन दिए ।

दोस्रो ओभरमा उनले मात्र ४ रन दिएर २ विकेट लिए भने उनकै बलमा एक खेलाडी रनआउट भए । उनको बलिङमा कोलीन इन्ग्राम रनआउट भए । त्यसको दोस्रो बलमा नै उनले थिसारा परेरालाई तीन रनमा आउट गरे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्नाटकाले १० ओभरमा एक विकेट गुमाउँदै रन बनायो ।

उसका लागि जोनसन चाल्र्सले ५७ तथा कप्तान हसीम अमलाले ३९ रन बनाए । तर उनकाे टिम भने पराजित भयाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest