एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत समूहको तेस्रो खेलमा आज नेपालले आयोजक बंगलादेशसँग प्रतिष्पर्धा गरिरहेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले अहिलेसम्म ६ विकेट गुमाइसकेको छ ।
२२ ओभरको खेल सकिँदा नेपालले ६३ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल,कुशल भुर्तेल, विस्फोटक ब्याट्सम्यान शरद भेषवाकर, दीपेन्द्रस्रिह ऐरी, आरिफ शेख र सन्दीप जोरा पभेलियन फर्कि सकेका छन् ।
३३ रन हुँदा भुर्तेल व्यक्तिगत १० रन बनाए आउट भए । त्यसपछि शरद आएर टिमको स्कोरमा एक रन थप्दा कप्तान ज्ञानेन्द्र मल्ल २२ रन बनाए आउट भए । टिमको स्कोर ३५ रन हुँदा भेषावकर पनि १ रन बनाएर आउट भए ।
चौथो विकेटको रुपमा ऐरी ६रन बनाए आउट भए । पाँचौं विकेट नेपालको स्कोर ६१ रनमा गुमेको थियो ।
आरिफ शेख ११ रन बनाएर आउट भए । सोही स्कोरमै नेपालले छैटौं विकेट पनि खेर फाल्यो । सन्दीप जोरा खाता नै नखोली आउट भए ।