नेपालले बंगलादेशलाई १३९ रनको लक्ष्य

एसीसी इमर्जिङ कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १३९रनको लक्ष्य दिएको छ ।

बंगलादेशको साभारस्थित मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रन बनाए ।

३५ रन बनाएको अवस्थामा तीन जना ब्याट्सम्यानलाई गुमाएको नेपालका ले ८५ रन बनाउँदा बाँकी पाँच विकेट पनि गुमाएको थियो । यस क्रममा कुशल भुर्तेल १०, ज्ञानेन्द्र मल्ल २२, शरद भेषावकर १, दिपेन्द्रसिंह ऐरी ६, आरिफ शेख ११, पवन सर्राफ ९, सन्दिप जोरा शुन्य र विनोद भण्डारी आठ रनमा पवेलियन फर्किए । त्यसपछि क्रिजमा आएका सोमपाल कामी र करण केसीले नवौं विकेटका लागि ५० रनको साझेदारी गर्दै टिमको स्कोर उकासेका थिए ।

करणले ४७ बलमा एक चौका र एक छक्का प्रहार गर्दै १८ रन बनाए । सोमपाललले ६३ बलमा एक चौका प्रहार गर्दै ३८ रन बनाए ।

बलिङतर्फ बंगलादेशका मिनहाजुल अबेदिन अफ्रिदीले तीन विकेट लिए भने तानबीर इश्लाम र सुमोन खानले दुई दुई विकेट लिए ।

अघिल्ला दुई मध्ये एकमा जित र एकमा पराजय भोगेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउनका लागि बंगलादेशविरुद्धको जित अनिवार्य छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest