नेपाल बंगलादेशको यू२३ टिमसँग ८ विकेटले पराजित

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

बंगलादेशको राजधानी ढाकामा सोमबार भएको खेलमा नेपाल बंगलादेशको यू२३ टिमसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

बंगलादेशको लागि नजमोल हुसेनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोहमद नाइमले ४५ तथा यासिर अली पनि १८ रन बनाउन सफल भए।नेपालका सुशन भारी र करण केसीले १र१ विकेट लिए ।

अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३८ रन बनाएको थियो ।नेपालका लागि सोमपाल कामीले ४ चौकाको मदतले ६३ बलमा सर्वाधिक ३८ रन बनाए । भने अरु कोही खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सोमपाल र करण केसीले ५० रनको साझेदारी गरेपछि नेपाल न्युन स्कोर हुनबाट जोगिएको हो ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्ले ३३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । भुर्तेल १० रनमा आउट भए ।त्यसलगत्तै नेपालले थप १ रन जोड्दा दोस्रो विकेट गुमायो ।
ओपनर तथा कप्तान ।
ज्ञानेन्द्र मल्ल २२ रनमा आउट भए । शरद १ रनमा पेभेलियन फर्किए ।
जस्ले गर्दा १८, आरिफ शेख ११, कुशल भुर्तेल १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

बंगलादेशका मिन्हाजुल अब्दीन अफ्रिदी र सुमोन खानले समान ३र३ विकेट हात लिए ।यस्तै तान्भिर इस्लामले २ विकेट हात पार्दा मेहेदी हसनले १ विकेट लिए ।

नेपाललाई पराजित गरेसँगै बंगलादेश भने समूह ुबीु को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

अपराजित बंगलादेशले ३ खेलमा ६ अंक जोड्यो ।नेपालले भने ३ खेलमा २ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा रहेको छ ।

नेपालको सेमिफाइनल पुग्ने सम्भावना गणितीय मात्र रहेको छ ।

अब नेपालको सेमिफाइनल समीकरण भारत र हङकङबीचको खेलले तय हुनेछ । भारतलाई हङकङले पराजित गरे नेपालको सेमिफाइनल सम्भावना रहन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest