५ वर्षको लागि प्रतिबन्धमा बंगलादेशी क्रिकेटर

बंगलादेशका पूर्व तिव्र गतिका बलर सहदात हुसेनलाई आफ्नै टिमको साथिसँग झगडा गरेका कारण क्रिकेटबाट ५ वर्षको लागि प्रतिबन्ध लगाइएको छ ।

ढाका डिभिजन तथा खुलना डिभिजनबिचको खेलमा उनले आफ्नै टिमका साथि अराफतसँग झगडा गरेका थिए । उनले सानो विवादमै अर्का साथि अराफतसँग झगडा गरेका थिए साथै उनले रेफ्रीको निर्णयलाई पनि अस्विकार गरेका थिए ।

सहादत हुसेनले बंगलादेशका लागि ३८ टेस्ट र ५१ वानडे तथा ६ टी –२० खेलेका छन् । जसमा उनले ४७ र ४ विकेट लिएका छन् । भने टेस्ट खेलहरुमा उनको सबैभन्दा उत्कृष्ट प्रदर्शन २७ रन दिएर ६ विकेट रहेको छ । उनले आफ्नो अन्तिम खेल २०१५ मा ढाकामा पाकिस्तानबिरुद्ध खेलेका थिए । जुन खेलमा उनले २ विकेट लिएका थिए ।

यसभन्दा अगाडि २०१५ मा पनि सहादत विवादमा तानिएका थिए । हिंसाको आरोपमा पक्राउ परेका उनलाई २०१५ मा राष्ट्रिय टिममा खेल्न प्रतिबन्द लगाइएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest