पाकिस्तान एसीसी इमर्जिङ एसिया कपको फाइनलमा

भारतलाई हराउँदै पाकिस्तान एसीसी इमर्जिङ एसिया कपको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशमा भएको खेलमा पाकिस्तानले भारतलाई तीन रनले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ६७ रन बनाएको थियो । उसका लागि ओमार युसुफले ६६ रन बनाए भने हैदर अलीले ४३ तथा सेइफ बदरले ४७ रन बनाए । यस्तै कप्तान रोहिल नाजिरले ३५ रनको योगदान गरे ।

जवाफमा भारत ५० ओभरमा ८ विकेट गुमाउँदा २६४ रनमा रोकियो । उसका लागि सनभिर सिंहले ७६ रन बनाउँदा कप्तान बीआर सारथले ४७ तथा अरमान जाफेरले ४६ रनको योगदान गरे ।

तर अन्तिम तिरका खेलाडी सस्तैमा आउट हुँदा पाकिस्तानले रोमाञ्चक जित निकाल्न सफल भयो । अब पाकिस्तानले बंगलादेश र अफगानिस्तान विचकाे विजेतासँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest