टी-१० लिगमा सन्दिपकाे अर्काे विकेट लिन सफल

नेपाली बलर सन्दिप लामिछाने आबुधावीमा जारी टी १० लिगमा पहिलो ओभरमा महंगो बनेका छन । उनले दुई ओभरमा २५ रन दिएर एक विकेट लिए ।

मराठा अरबियन्स विरुद्धको खेलमा टस हारे पहिले बलिङको निम्तो पाएको कर्नाटकाको पाँचौ ओभर लिएर आएका सन्दिपले पहिलो ओभरमा नै छक्का खाएका थिए । दोस्रो बल डट फालेका सन्दिपलाई तेस्रो बलमा आडाम लेथले छक्का प्रहार गरे । त्यसपछि उनले बाँकी तीन बलमा दुई रन दिए ।

दोस्रो ओभरमा उनले ११ रन दिए । टिमको आठौं ओभर लिएर आएका सन्दिपले पहिलो बलमा एक रन दिएका थिए भने दोस्रो बलमा विकेट लिए । उनले एडमलाई ५० रनमा आउट गरे ।

त्यसपछि वाइड गरेका उनले तेस्रो र चौथो बलमा एक एक रन दिए । पाचै बलमा उनले छक्का खाए । त्यसपछि अन्तिम बलमा उनले एक रन दिए । यसरी उनले दुई ओभरमा २५ रन दिएर एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest