दक्षिण एसियाली खेलकुदका लागि श्रीलंकाले टिमकाे घाेषणा

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि श्रीलंकाले टिमकाे घाेषणा गरेकाे छ । जसमा राष्ट्रिय टिमबाट खेलिसकेका युवा खेलाडी कामीन्डु मेन्डिसलाइ समावेश गरिएकाे छ ।

सिनियर टिमका तीन खेलाडी राख्न पाउने ब्यवस्था अनुसार श्रीलंकाले मेन्डिसलाइ टिममा राखेकाे हाे । उनले श्रीलंकाबाट २ ओडीआई र ४ टि ट्वान्टी खेलेका छन । उनलाई टिमकाे उपकप्तानकाे जिम्मेवारी दिइएकाे छ ।

यस्तै श्रीलंकाबाट एक दिवसिय क्रिकेट खेलिसकेका आसिता फर्नान्डो पनि टिममा राखिएकाे छ ।

साग मंसिर १५ देखी २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा हुदैछ । जसको लागि नेपाली पुरुष टोलीले पनि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्य टोली घोषणा गरीसकेको छ । सागमा पाकिस्तान र भारतले सहभागिता नजनाउने भएपछि यसपटक उपाधिकाे दावेदारका रूपमा बंगलादेश र श्रीलंकालाइ हेरीएकाे छ । त्यसाे त नेपालले पनि स्वर्णपदककाे लक्ष्य लिएकाे छ ।

सागका लागि श्रीलंकाको टिम :

चरिथ आसालांका (कप्तान), कामिन्डु मेन्डिस (उप कप्तान),  दुविन्दु तिलकरत्ने, सचिन्दु कोलोम्वेज र कविष्का अन्जुला, पथुम निसान्का, हसिता बोयागोडा, विश्व चनुरंग, अशीन बन्डारा, शम्मू अशान, निशान माधुष्का, जेहान डानियल, आसिता फर्नान्डो, कलाना परेरा

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest