सिता राना मगर र नेरी थापा मगरको वरियतामा सुधार

अन्तराष्ट्रिय क्रिकेट परिषदको टी-ट्वान्टी वरियतामा नेपालका सिता राना मगर र नेरी थापा मगरको वरियतामा सुधार भएको छ ।

आईसीसीले अपडेट गरेको अलराउण्डरतर्फ सिताको वरियता दुई स्थान बढेको हो । नयाँ वरियतामा सिता ५६ औं स्थानमा उक्लिएकी छिन् । अघिल्लो वरियतामा सिता ५८ औं स्थानमा थिइन् ।

राष्ट्रिय टिमको उपकप्तान समेत रहेकी सिताको ब्याटिङ वरियता भने घटेको छ । ब्याटिङतर्फ सिता ८५ औं स्थानमा रहेकी छिन् । अघिल्लो वरियता सिताको वरियता ८३ औं रहेको थियो ।

यस्तै बलिङतर्फ राष्ट्रिय टिमकी पूर्व सदस्य नेरी थापा दुई स्थान माथि उक्लिएकी छिन् । नेरी ९० औं स्थानमा रहेकी छिन् । अघिल्लो पटक उनी ९२ औं स्थानमा रहेकी थिइन् ।

आईसीसीको राष्ट्रको टी(ट्वान्टी वरियतामा भने नेपाल १४ औं स्थानमा यथावत रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest