नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने

आसन्न दक्षिण एसियाली खेलकुद सागका लागि क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । जसमा नेपाल बंगलादेश र माल्दिभ्सको समुहमा रहेको छ ।

समुह बी मा श्रीलंका र भुटान रहेका छन । भारत र पाकिस्तानले सहभागिता नजनाउने भएपछि एक समुहमा तीन र एक समुहमा दुई टिमले खेल्ने भएका छन ।

जसमा नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ । यो खेल डिसेम्बर तीन तारिखमा हुनेछ । यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । दुई समुहको शिर्ष स्थानमा रहने टिमले सेमिफाइनलमा पुग्नेछन ।

यसपटक नेपाललाई साग क्रिकेटमा पदक जित्ने लगभग निश्चित जस्तै छ । यसले सेमिफाइनलमा पुगेमा मात्र पनि काश्य पक्का गर्नेछ ।
सागका लागि नेपाल, श्रीलंकाको छिम घोषणा भइसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest