कलन्दर्स विरूद्द सन्दिपकाे २ विकेट

आबुधावीमा जारी टी १० क्रिकेट लिगमा सन्दिप लामिछानेले दुई ओभरमा ३० रन दिएर २ विकेट लिएका छन । पहिलो ओभरमा २२ रनका उनले दोस्रो ओभरमा ८ रन दिएर २ विकेट लिए ।

टिमको पाँचौ ओभर लिएर आएको सन्दिपको पहिलो बलमा टोम बेन्टोनले चौका प्रहार गरे । त्यसपछि दोस्रो बलमा टोमले नै छक्का प्रहार गरे । त्यसपछि तेस्रो बलमा पनि टोमले नै स्विप गर्दै छक्का प्रहार गरे । चौथो बलमा एक रन दिएका उनले पाँचौ बलमा पनि एक रन खर्चिए । त्यसपछि अन्तिम बलमा फेरी चौका खाए ।

त्यसपछि दोस्रो ओभरमा उनले ८ रन दिएर २ विकेट हात पारे ।

टिमको सातौं ओभर लिएर आएका सन्दिपले पहिलो बलमा वाइड फाले । त्यसपछिको अर्को बलमा उनले एक रन दिए । त्यसपछि पनि उनले अर्को एक रन खर्चिए । अर्को बलमा उनले चौका खाए । चौथो बल भने उनले डट फाले ।

तर पाचौ बलमा उनले विकेट लिन सफल भए । पहिलो ओभरमा २२ रन हिर्काएका टोमलाई उनले एलबीडब्लु धरापमा पारे । टोम ८० रनमा आउट भए । त्यसको लगत्तै सन्दिपले दोस्रो विकेट लिए । उनले कोहलेरलाई खाता खोल्न नपाउँदै आउट गरे । जारी प्रतियाेगितामा सन्दिपले ५ खेलमा विकेट संख्या ६ पुर्याएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest