अष्ट्रेलियन महिला क्रिकेटर मेन्टल हेल्थकाे सिकार

विश्व क्रिकेटमा यतिबेला एकपछि अर्को खेलाडी मानसिक हेल्थका कारण क्रिकेटबाट टाढा हुने क्रम बढेको छ । यसअघि पुरुष क्रिकेटले यो समस्याबाट गुज्रिएको बताएपनि अहिले अष्ट्रेलियन महिला क्रिकेटर पनि मानसिक समस्याका कारण क्रिकेटबाट बाहिरीएकी छिन ।

अष्ट्रेलिया तथा मेलबर्न रेनेगडेसकी अलराउण्डर सोफी मोलिनेक्स मानसिक समस्याका कारण क्रिकेटबाट टाढा हुने निर्णयमा पुगेकी छिन । महिला बिगब्यास लिगमा मेलबर्न टिमबाट १० खेल खेलेकी सोफीले शनिबार आफ्नो नाम टिम नराख्न बताइन । आसन्न टी २० विश्वकपमा कमब्याक गर्ने योजनामा रहेकी उनले आफु मानसिक रुपमा अशक्त भएको प्रतिक्रिया दिएकी थिइन ।

केहि साता अगाडी अष्ट्रेलियाका तीन खेलाडी ग्लेन म्याक्सवेल, निक माडिसोन, विल पुकोभ्स्कीले मेन्टल हेल्थका कारण टिमबाट बाहिरीएका थिए । यस्तै गत बर्ष अष्ट्रेलियाकी अर्की खेलाडी निकोल बोल्टोनले पनि यहि समस्याका कारण क्रिकेटबाट बाहिर भएकी थिइन ।

मेन्टल हेल्थको सिकार भएकी पछिल्लो खेलाडी सोफीलाई उनको क्लव मेलबर्नले उपचारका लागि तथा आराम गर्न बताएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest