पारस तीन खेलपछि प्लेइङ सेटमा

आबुधावीमा जारी टी १० क्रिकेट लिगमा अहिले नेपाली दुई खेलाडी पारस खड्का र सन्दिप लामिछानको टिम विच प्रतिस्पर्धा भइरहेको छ । पारसको टिम आबुधावी र सन्दिपको टिम कर्नाटका विचको खेलमा टिम आबुधावीले टस जितेर पहिले ब्याटिङ गर्ने भएकाे छ ।

जसमा पारस सुरुवाती ११ मा परेका छन भने सन्दिप बेन्चमा परेका छन । पारस पछिल्ला तीन खेलमा बेन्चमा रहेका थिए । उनले सुरुवाती दुई खेल खेलेपनि त्यसपछिका चार खेलमा बेन्चमा थिए । यता सन्दिप लामिछाने पहिलाे पटक बेन्चमा बसेका छन।

पारसले दुई खेलमा तीन रन बनाएका छन भने सन्दिपले पाँच खेलमा छ विकेट लिएका छन । लिगको पुछारमा रहेको कर्नाटकाले अहिलेसम्म एक जित मात्र हात पारेको छ । छैटौ स्थानमा रहेको आबुधावीको पाँच खेलमा एकमा मात्र विजयी भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest