पारसले १ विकेट लिएकाे खेलमा टिमकाे सहज जित

आबुधावीमा जारी टी १० लिगमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको टिम आबुधावीले सन्दिप लामिछानेको टिम कर्नाटका टस्कर्सलाई ३४ रनले पराजित गरेको छ ।

आबुधावी स्थित शेखजायद क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पारसको टिमले १० ओभरमा दुई विकेट गुमाउँदै एक सय २८ रन बनायो । टिम आबुधावीका लागि लुक राईटले अर्धसतकीय साझेदारी गरे ।

यस्तै मोयन अलीले ३५ रन बनाए । तर आजको खेलमा नेपाली खेलाडी पारस खड्काले ब्याटिङको मौका पाएनन् । उनी लगातार तीन खेलपछि आजको खेलमा टिममा परेका थिए । यता सन्दिप लामिछाने पहिलो पटक टिमबाहिर भएका हुन ।

जवाफमा सन्दिपको टिम १० ओभरमा ६ विकेट गुमाउँदै ९४ रनमा रोकियो । उसका कुनैपनि खेलाडीले राम्रो खेल्न सकेनन् ।

ब्याटिङमा मौका नपाएपनि बलिङमा पारसले मौका पाएका थिए । उनले २ ओभरमा ३० रन दिएर एक विकेट लिए । जारी प्रतियोगितामा पहिलो पटक बलिङ गरेका पारसले दुई ओभरमा रन दिए । पहिलो ओभरमा उनले १३ रन दिएका थिए भने दोस्रो ओभरमा १७ रन दिएर एक विकेट लिए । उनले अन्तिम बलमा अहमद राजालाई आउट गरे । जारी प्रतियोगितामा पारसको पहिलो विकेट हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest