साग पुरुष क्रीकेट : नेपालको पहिलो खेल श्रीलंकासंग

आगामी डिसेम्बर १ देखि १० सम्म हुने दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत डिसेम्बर ३ देखि १० सम्म हुने पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

सागमा सहभागी ७ रास्ट्रमध्ये भारत र पाकिस्तान पुरुष क्रीकेटमा सहभागी नभए सगै ५ रास्ट्रबिच राउन्ड रोबिन लिगको आधारमा प्रतियोगिता हुने भएको छ।

सार्वजनीक खेलतालिका अनुसार नेपालले आफ्नो पहिलो खेल मंसिर १७ गते बिहान ११ बजे श्रीलंकाबिरुद्द, दोस्रो खेल १९ गते बिहान ९ बजे भुटानसँग, तेस्रो खेल २० गते दिउँसो १ बजे माल्दिभ्ससंग र लिगको अन्तिम खेलमा नेपालले २१ गते बिहान ११ बजे बंगलादेशसँग खेल्नेछ।
यसपछि लिगबाट शिर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछन भने तेस्रो र चौथो स्थानमा रहने टिमबीच तेस्रो स्थान (कास्य पदक) का लागी प्रतिष्पर्दा हुनेछ ।
२३ गते तेस्रो स्थानका लागि खेल हुनेछ भने फाइनल २४ गते हुनेछ।

नेपाली टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, अभिनास बोहरा, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुशन भारी र राशिद खान (वैकल्पिक – रोहित कुमार पौडेल, भिम सार्की र सागर ढकाल)

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest