पाकिस्तानले जित्याे इमर्जिङ कपकाे उपाधि

एसीसी इमर्जिङ एसिया कपको उपाधि पाकिस्तानले जितेको छ । फाइनलमा बंगलादेशलाई ७७ रनले हराउँदै पाकिस्तानले उपाधि उचाल्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय एक रन बनाएको थियो । उसका लागि रोहेल नाजिरले सतकीय पारी खेले । जसमा उनले एक सय १३ रन बनाए । एक सय ११ बलको सामना गरेका उनले १२ चौका र तीन छक्का प्रहार गरे । यस्तै इमरान राफिकले ६२ तथा कप्तान साउद साखिलले ४२ रन थपे । यस्तै कुशादिल शाहले २७ रनको योगदान गरे ।

बलिङमा बंगलादेशका सुमोन खानले तीन तथा हसन महमुदले दुई विकेट लिए ।

जवाफमा बंगलादेश ४३ ओभर एक बलमा २२४ रनमा अलआउट भयो । उसको पारीमा बलियो साझेदारी नहुँदा टिमले हार्न पुग्यो ।

बंगलादेशका कप्तान नाज्मुल सान्टोले ४६ रन बनाए भने अफिफ हुसेनले ४९ रनको योगदान गरे । यस्तै अफिफ हुसेनले ४९ रन बनाउँदा बाँकी खेलाडीले राम्रो खेल्न सकेनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest