न्यूजिल्याण्डकाे उत्कृष्ट कमब्याक

इंग्ल्याण्डविरुद्धको टेस्टमा न्यूजिल्याण्डले उत्कृष्ट कमब्याक गरेको छ । इंग्ल्याण्डलाई ३५३ रनमा समेट्दै पहिलो पारि शुरु गरेको न्यूजिल्याण्डको सुरुआत भने राम्रो थिएन ।

तर ब्रेड्ली जोन वल्टिङ र कोलिन डी ग्राण्डहोमले ११९ रनको साझेदारी गरेपछि न्यूजिल्याण्डले कम्ब्याक गरेको हो । ब्रेड्ली वल्टिङ ११९ रनमा नट आउट छन् भने मिचेल स्टेनर ३१ रन बनाएर क्रिजमा डटेका छन् ।

यसैगरी केन विलिम्सन ५१ तथा हेनरी निकहोल ४१ रनमा पेभेलियन फर्किए । इंग्ल्याण्डका बेन स्टोक्स र साम कुरानले दुई दुई विकेट लिएका छन् । इंग्ल्याण्डका लागि पहिलो पारिमा बेन स्टोक्सले सर्वाधिक ९१ रन बनाउँदा रोरी ब्रुन्सले ५२ रनको योगदान गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest