अष्ट्रेलिया बलियाे स्थितीमा

अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा पाकिस्तान दबावमा आएको छ ।

तेस्रो दिनको खेल सकिँदासम्म पाकिस्तान अस्ट्रेलियाले पहिलो पारिमा बनाएको ५८० रनलाई बराबरी गर्नका लागि प्रयासरत रहेको छ ।

पाकिस्तानलाई पहिलो पारिमा २४० रनमा रोक्दै ब्याटिङ गरेका अस्ट्रेलियाले ५८० रन बनाएको थियो । पहिलो पारिका आधारमा ३४० रनले पछि परेको पाकिस्तानले दोस्रो पारिमा तेस्रो दिनको खेल सकिँदा ३ विकेट गुमाएर ६४ रन बनाएको छ ।

पाकिस्तानलाई अझै स्कोर बराबरी गर्नका लागि २७६ रन आवश्यक छ भने उसका सात विकेट बाँकी छन् ।

क्रिजमा अहिले सान मसुद २७ तथा बाबर आजम २० रन बनाएर टिकेका छन् । आइतबार उनीहरुले चौथो दिनको खेल अघि बढाउने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest