अष्ट्रेलिया एक इनिङ र पाँच रनले विजयी

पाकिस्तानबिरूद्दकाे पहिलो टेष्टमा अष्ट्रेलिया एक इनिङ र पाँच रनले विजयी भएकाे छ । दोस्रो इनिङमा पाकिस्तान ८४ ओभर २ बलमा ३ सय ३५ रनमा अल आउट भएपछि अष्ट्रेलिया ठूलाे अन्तरले विजयी भएको हो ।

पहिलो इनिङमा पाकिस्तान २ सय ४० रनमा अल आउट भएको थियो । पाकिस्तानका असाद शफीकले सर्वाधिक ७६ रनको योगदान दिए । ओपनर शन मसुद २७, कप्तान अजहर अली ३९, मोहमम्मद रिजवान ३७, यासिर शाह २६, हरिस सोहेल र बाबर आजम १–१ रनमा आउट भए । तीब्र गतिका मिचेल स्टार्कले ४ र प्याट कमिन्सले ३ विकेट लिए ।

जवाफमा अष्ट्रेलियाले पहिलो पारीमा ५ सय ८० रन बनाएकाे थियाे । उसका लागि मार्नस लाबुसेनले करियरकाे पहिलाे सतक बनाउने क्रममा १ सय ८५ रनको पारी खेले ।  यस्तै ओपनर डेविड वार्नरले १ सय ५४ रनको योगदान दिए ।साथै जो बर्न्स ९७, स्टिभ स्मिथ ४, मेथ्यू वेड ६०, ट्रविस हेड २४ रनको योगदान दिए ।

दाेस्राे पारीमा पाकिस्तान बाबर आजमले १ सय ४ रनको शतकीय पारी खेलेपनि हार भने टार्न सकेनन् । यस्तै मोहम्मद रिजवान ९५ रनमा क्याच आउट भए । जितसँगै अष्ट्रेलियाले सिरीजमा एक शुन्यकाे अग्रता बनाएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest