बंगलादेशविरुद्धको दोस्रो टेष्टमा एक इनिङ्स र ४६ रनले विजयी

घरेलु टिम भारतले बंगलादेशविरुद्धको दोस्रो टेष्ट एक इनिङ्स र ४६ रनको जितेकाे छ । कोलकत्तामा आइतबार दोस्रो इनिङ्समा बंगलादेश १ सय ९५ रनमा अलआउट भएपछि भारतले बिशाल जित हात पार्याे ।

इडेन गार्डेन्समा भएकाे पहिलो इनिङ्समा बंगलादेशले १ सय ६ रनमा समेटिएकाे थियाे । उसका लागि शादमन इस्लामले २९ रन बनाए । यस्तै लिटोन दासले २४ तथा नायम हसनले १९ रन जोडे । भारतका इशान्त शर्माले ५ तथा उमेश यादवले ३ विकेट लिए ।

जवाफमा भारतले पहिलाे पारीमा ३ सय ४७ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले १ सय ३६ रनको पारि खेलेका थिए । यस्तै चेतेश्वर पुजाराले ५५ तथा अजिन्का रहानेले ५१ रन बनाए ।

तर दाेस्राे पारीमा बंगलादेश सस्तैमा समेटिएपछि भारतले सहज जित निकाल्याे ।  भारत लगातार चार टेष्टमा खेलमा एक इनिङ्समा जित निकाल्ने पहिलो टिम बनेको छ ।

 

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest