न्यूजिल्याण्ड एक इनिङ्स र ६५ रनले विजयी

काठमाडौं, ९ मंसिर । इंग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा न्यूजिल्याण्ड एक इनिङ्स र ६५ रनले विजयी भएको छ ।

पहिलो पारिमा ३५३ रन बनाएको इंग्ल्याण्डले दोस्रो पारिमा १९७ रनमा समेटिए पछि न्यूजिल्याण्डले दोस्रो पटक ब्याटिङका लागि मैदानमा टेक्नु परेन । न्यूजिल्याण्डले पहिलो पारिमा ९ विकेटको सम्पातिमा ६१५ रन बनाएको थियो ।

न्यूजिल्याण्डको बिशाल योगफल बनाउनका लागि ब्रेड्ले वाल्टिङ र मिचेल स्टेनरले उत्कृष्ट ब्याटिङ गरे । वाल्टिङले २०५ रन बनाउँदा स्टेनरले १२६रनको योगदान गरेका थिए । इंग्ल्याण्डका लागि दोस्रो पारिमा जोय डेन्लीले सर्वाधिक ३५ रन जोड्दा रोरी ब्रुन्स ३१ तथा जोफ्रा आर्चरले ३० रन बनाएका थिए ।

न्यूजिल्याण्डका नेइल वाग्नरले सर्वाधिक ५ विकेट लिँदा मिचेल स्टेनरले तीन विकेट हात पारे । जीतसँगै टेस्ट सिरिजमा न्यूजिल्याण्डले १–० को अग्रता बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest