सन्दिपले साग गुमाउने

सन्दिप लामिछानेले स्वास्थका कारण दक्षिण एसियाली खेलकुद साग नखेल्ने भएका छन् ।

तीन चार महिना अगाडी देखि आँखाकाे भिजनमा समस्या भएकाले डाक्टरले उनलाइ चस्मा लगाउन सल्लाह दिएका थिए । अब त्याे समस्याबाट टाढा हुन उनले दुबै आँखाकाे सल्यक्रिया गरेका हुन । त्याे समस्या दुबै आँखामा भएकाे सन्दिपले दुबै आँखाकाे सल्यकृया गरेका छन। तर याे मेजर सल्यकृया भन्दापनि लेजर सल्यकृया गरीएकाे हाे । साेमबार सन्दिपले तिलगंगा आँखा अस्पतालमा सल्यकृया गरेका हुन ।

साे सल्यकृयापछि डाक्टरले उनलाइ करिब चार हफ्ता बिश्राम गर्नपर्ने छ । खेल खेल्दा चस्मा लगाउनु पर्ने देखिएकाे र त्याे समस्यालाइ हटाउन याे सल्यकृया गरेकाे उनका म्यानेजर रमन सिवाकाेटीले नेप्लेजलाइ बताए ।  आबुधाबीमा आयोजना भएको टि१० लिगबाट फर्किएको २ दिन पछि उनले सल्यक्रिया गरेका हुन।

सन्दिपले सहभागिता जनाउन नसक्ने भए पछि उनको स्थानमा यु १९ टोलीका कप्तान रोहित कुमार पौडेललाई साग टोलीमा समावेश गरिएको छ ।

सन्दिप एसीसी इमर्जिंग टिम्स एशिया कपको टोलीमा समावेस भएता पनि साग टोलीको अन्तिम १५ मा पर्न असफल रहेका थिए । सन्दिपले बंगलादेशमा भएको एसीसी इमर्जिंग टिम्स एशिया कपमा पनि सहभागिता जनाएका थिएनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest