पीपीएलमा सहभागि ६ टिमले तीन तीन खेलाडी रिलिज

पोखरामा हुने पोखरा प्रिमियर लिगको दोस्रो संस्करणका लागि सहभागि ६ टिमले १८ खेलाडी रिलिज गरेको छ । जसका हरेक टिमले तीन तीन खेलाडी रिलिज गरेको छ ।

पोखरा रंगशालामा हुने प्रतियोगिताका लागि रिलिज हुने खेलाडीमा पोखरा पल्टनबाट दिपेश खत्री, विक्रम भुषाल, दिभ्यांसु मलिक रहेका छन । यस्तै चितवन राइनोजले शक्ति गौचन, स्वप्निल अधिकारी र आकाश थापालाई रिलिज गरेको छ ।

बुटवल ब्लास्टर्सले सागर पुन, अनिल खरेल, प्रकाश केसीलाई रिलिज गर्दा धनगढी ब्लुजले दिलिप नाथ, सन्तोष भट्ट, योगेन्द्र कार्कीलाई टिमबाट हटाएको छ ।

यस्तै विराटनगर टाइटन्सले जितेन्द्र सिंह ठकुरी, रविन जोशी, हिमांशु दत्तलाई रिलिज गरेको छ । काठमाडौं गोल्डेन्सले नरेश बुढाऐर, सुमित झा र सुधिर चौधरीलाई टिमबाट हटाएको छ ।

यसका साथै हरेक टिमले दुई नयाँ खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा धनगढीले जनही ५० हजारमा सुमन गौतम र अनिल खरेललाई लिएको छ भने काठमाडौं गोल्डेन्सले सुवास खकुरेल र अमृत भट्टराईलाई समान ५०–५० हजारमा अनुबन्ध गरेको छ । यस्तै बुटवल ब्लास्टर्सले सेर मल्ललाई ५० हजार र कमल खत्रीलाई ३० हजारमा लिएको छ भने पोखरा पल्टनले आकाश चन्दलाई ५० हजार र कुशल मल्ललाई एक लाख ५० हजारमा भित्र्याएको छ ।

यस्तै विराटनगरले दिलिप नाथलाई ७५ हजार र लोकेश बमलाई ५० हजारमा ल्याएको छ । चितवनले विक्रम सोबलाई १ लाख ३० हजार र विक्रम भुषाललाई ५० हजारमा भित्र्याएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest