विश्व क्रिकेट लिग २ आजबाट सुरु

सन् २०२३ मा भारतमा हुने आइसीसी विश्वकपको रोडका रुपमा रहेको विश्व क्रिकेट लिग २ आजबाट सुरु भएको छ । जसमा पपुवा न्यूगिनीले ओमानसँग खेल्दैछ । यो प्रतियोगितामा नेपालले पनि यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरीका, पीएनजी र ओमानसँग खेल्दैछ ।

यो लिगमा शिर्ष तीनमा रहने टिमले सोझै विश्वकप छनोटमा स्थान बनाउने छन । विश्वकप छनोटमा स्थान बनाउनेछन । त्यसपछि पुछारका चार टिमले प्लेअफ खेल्नुपर्नेछ । जसमा च्यालेञ्ज लिगका विजेतासँग उनीहरुले विश्वकप छनोटका लागि खेल्नेछन । प्लेअफमा रहने शिर्ष दुई टिमले विश्वकप छनोट खेल्न पाउनेछन ।

च्यालेञ्ज लिग ए मा क्यानडा, डेनमार्क, मलेसिया, कतार सिंगापुर र भानुआटु रहेका छन भने बी मा हङकङ, इटाली, जर्सी, केन्या र युगान्डा रहेका छन । विश्वकप छनोटको अन्तिम चरणमा सुपर लिगको पुछारका पाँच टिम र लिग २ बाट आएका तीन र प्लेअफबाट आएका दुई टिम विच प्रतिस्पर्धा हुनेछ । जसमा छनोटको शिर्ष दुई टिमले विश्वकप खेल्न पाउनेछन ।

आइसीसीले सात देशलाई समावेश गरेर आयोजना गर्न लागेको लिग २ मा एक सय २६ एकदिवसिय खेल हुनेछन । जसमा २१ वटा त्रिकोणात्मक सिरीज खेलिनेछ । जुन होम र अवेका आधारमा हुनेछ । चार बर्षको साइकलमा हुने यो प्रतियोगिता भारतमा हुने विश्वकपमा स्थान बनाउने दुई वटा ढोकाका रुपमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest