धाेनीकाे भविष्य आइपीएलमा निर्भर

पछिल्लो पटक भारतीय राष्ट्रिय क्रिकेट टिमबाट बाहिर रहेका पूर्व कप्तान महेन्द्रसिंह धोनीका कमब्याक आसन्न इन्डियन प्रिमियर लिगको प्रदर्शनका आधारमा हुने मुख्य प्रशिक्षक रवी शास्त्रीले बताएका छन ।

अष्ट्रेलियामा हुने टी २० विश्वकपका लागि भारतले यसको अन्तिममा टिमको घोषणा गर्दैछ । जसका लागि धोनी टिममा पर्ने की नपर्ने भन्ने टुंगो आइपीएलमा उनको प्रदर्शनले गर्ने शास्त्रीको भनाई छ ।

गत जुलाईमा ५० ओभरको विश्वकपपछि धोनीको करियर अन्त्यतिर आएको बताइएको थियो । ३८ बर्षे धोनी पछिल्लो पटक राष्ट्रिय टिममा पर्न सकेका छैनन् । सुरुवातमा फिट नभएको बताइएपनि त्यसपछि उनी किन टिमबाट बाहिर रहेका छन् त्यो एकिन भएको छैन ।

उनी विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्ड विरुद्धको खेलपछि टिममा छैनन् । मुख्य प्रशिक्षक शास्त्रीले धोनीको राष्ट्रिय टिमको भविष्य आइपीएलमा भर पर्ने बताए । अरु खेलाडीले विकेटकिपरका रुपमा कस्तो प्रदर्शन गरिरहेका छन, र धोनीको फर्म कस्तो छ भन्ने आइपीएलले देखाउने र त्यसपछि उनका बारेमा प्रष्ट हुने शास्त्रीले बताए ।

आइपीएल टी २० क्रिकेटमा भारतलाई खेलाडी छनोट गर्नका लागि ठुलो प्रतियोगिताका रुपमा रहदै आएको छ । उनले आइपीएलपनि टिममा पर्ने १५ खेलाडी छनोट गर्न सहज हुने बताए ।

हाल भारतले रिबभ पन्तलाई विकेटकिपर ब्याट्सम्यानाक रुपमा अगाडी लिइरहेको छ । टेष्ट टिमबाट उनलाई हटाइएपनि सिमित ओभरको खेलमा भने उनी टिममा रहेका छन । विश्वकप पछि भारतले तीन टी २० र एउटा एकदिवसिय सिरीज खेलेको थियो । जसमा धोनी टिममा थिएनन् ।

पछिल्लो पटक सेनाको तालिममा रहेका धोनी केहि दिन अगाडी झारखण्डको टिमसँग प्रशिक्षण गरिरहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest