नेपाल ‘ए’ र माल्दिभ्सकाे अभ्यास खेल भाेली

दक्षिण एसियाली खेलकुद सागका लागि माल्दिभ्सले भोली (विहिबार) मुलपानी मैदानमा नेपालको ए टिमसँग अभ्यास खेल खेल्दैछ ।

मुलपानी मैदानमा विहान नौ बजेबाट हुने खेलमा नेपाल ए टिमको कप्तानी शरद भेषवाकरले गर्नेछन । सागको टिममा नरहेका खेलाडीलाई समेटेर नेपालको ए टिम बनाइएको छ । जसमा शरद भेषवाकरसँगै, दिलिप नाथ, सुवास खकुरेल, अमित श्रेष्ठ, सुनील धमला, भिम शार्की, सागर ढकाल, रित गौतम, विकाश केसी, शेर मल्ल, आकाश चन्द, मञ्जित श्रेष्ठ र नन्दन यादव रहेका छन ।

सागमा भारत र पाकिस्तान नआउने भएपछि पाँच टिमका सहभागिता हुने भएको छ । राउण्डरोविन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल श्रीलंका विरुद्ध मंसिर १७ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा भुटानसँग १९ गते, माल्दिभससँग २० गते र २१ गते बंगलादेशसँग खेल्नेछ । प्रतियोगितामा शिर्ष दुई स्थानमा रहने टिमले फाइनल प्रवेश गर्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest