अभ्यास खेलमा नेपालद्वारा १५१ रनकाे लक्ष्य

१३ औं दक्षिण एसियाली खेलकुदकाे तयारी स्वरुप प्राक्टिस खेलमा नेपाल ए ले माल्दिभ्सलाई १ सय ५१ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन बनायो । शरद भेषवाकरकाे कप्तानीमा रहेकाे नेपाल ए का लागि भिम सार्की ३३, रित गौतमले २५ तथा सुवाश खकुरेलले २० रनकाे याेगदान गरे । शेर मल्ल ७ र आकश चन्द ४ रन बनाए ।

यस्तै अमित श्रेष्ठले २९, दिलिप नाथले १८ रनकाे याेगदान गरे । माल्दिभ्सका कप्तान मोहम्मद महफुजले ३ लागि विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest