अभ्यास खेलमा माल्दिभ्स नेपाल ‘ए’ टिमसँग पराजित

दक्षिण एसियाली खेलकुद सागका लागि खेलिएको अभ्यास खेलमा नेपाल ए टिम ४९ रनले विजयी भएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन बनायो । शरद भेषवाकरकाे कप्तानीमा रहेकाे नेपाल ए का लागि भिम सार्की ३३, रित गौतमले २५ तथा सुवाश खकुरेलले २० रनकाे याेगदान गरे । शेर मल्ल ७ र आकश चन्द ४ रन बनाए ।

यस्तै अमित श्रेष्ठले २९, दिलिप नाथले १८ रनकाे याेगदान गरे । माल्दिभ्सका कप्तान मोहम्मद महफुजले ३ लागि विकेट लिए ।

जवाफमा माल्दिभ्स २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनायो । उसका कुनैपनि खेलाडीले राम्रो खेल्न सकेनन् । १३ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले २३ रनमा तीन विकेट खेर फालेको थियो ।

त्यसपछि उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । ५२ रनमा ४ विकेट गुमाएका माल्दिभ्स अन्तत एक सय दुई रनमा अलआउट भयो । नेपालका आकाश चन्दले दुई विकेट हात पारे ।

उसका २ खेलाडीले मात्र दाेहाेरा अंक जाेड्न सकेन । जसमा युफुफ फरातले ४२ रन बनाए भने हसन अब्रिम १८ र मोहम्मद इभान ९  रन जोडे । नेपालको लागि नन्दन यादव र आकश चन्दले २-२ विकेट लिए । शेर मल्ल र मञ्जित श्रेष्ठले समान १-१ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest