महिला क्रिकेटकाे सहज जित

१३ औं दक्षिण एसियाली खेलकुदका लागि खेलिएकाे अभ्यास खेलमा माल्दिभ्स महिला क्रिकेट टिमले नेपाल ‘ए’ लाई मात्र ८७ रनको लक्ष्य दिएको छ । माल्दिभ्सकाे पारी कमजाेर पार्न सिनियर टिमबाट खेलिसकेकी खेलाडी कविता जोशीले उत्कृष्ट बलिङ गरिन ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको माल्दिभ्स २० ओभरमा ८ विकेट गुमाउँदै ८६ रनमा राेकियाे । माल्दिभ्सकी हसिफसा ब्याटरले २६ रन बनाउँदा हमजा नियानले १६ रनकाे याेगदान गरे । माल्दिभ्सकाे पारीमा यी २ खेलाडीले मात्र दाेहाेराे अंक जाेडे ।

नेपालका लागि कविता जोशीले ४ विकेट लिइन् । यस्तै कृष्मा गुरुङले कृर्तीका मरासैनीले २ विकेट लिइन् ।

जवाफमा ८७ रनको समान्य लक्ष्य पछ्याएको नेपालले ११ ओभर एक बलमा ४ विकेट गुमाउँदै पुरा गर्याे । नेपालकाे जितमा कविता जोशीले २३,अस्मिता खरेलले ११ तथा विन्दा कटवाल ८ रन बनाइन । यस्तै कञ्चन श्रेष्ठले १४ रन बनाइन। माल्दिभ्सकी शाम्मा अलीले २ विकेट लिइन । 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest