माल्दिभ्सविरुद्धकाे अभ्यास खेलमा नेपाली खेलाडी शरद भेषवाकरले आक्रामक अर्धशतक बनाएका छन । शरदले मात्र २२ बलमा अर्धशतक बनाएका हुन ।
मुलपानी क्रिकेट मैदानमा जारी खेलमा शरदले २२ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै अर्धशतक बनाए । पहिलाे अभ्यास खेलमा एक सय एक रनकाे जित निकालेकाे नेपाल ए टिमले अाजकाे खेलमा पनि बलियाे लक्ष्य दिने तयारी गरेकाे छ । नेपालका लागि दिलिप नाथ २७ रन बनाए ।
Discussion about this post