नेपाल ए टिमले माल्दिभ्ससामु २१७ रनकाे लक्ष्य, शरद र प्रदिपकाे अर्धशतक

दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पूर्व तयारी स्वरुप जारी अभ्यास खेलमा नेपाल एले माल्दिभ्सको राष्ट्रिय टोलीलाई २१७ रनको लक्ष्य दिएको छ ।

मुलपानी मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा दुई विकेट गुमाउँदै २१६ रन बनाएको थियो । नेपालको इनिङ्समा शरद भेषवकरले ८४ रनको योगदान दिए । २२ बलमा अर्धशतक बनाएका शरदले ४२ बलमा पाँच चौका र आठ छक्का प्रहार गरे ।

प्रदीप ऐरीले पनि अर्धशतकीय योगदान दिए । उनले ६९ रन बनाए । यस्तै दिलिप नाथले २७ रन जोडेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest