प्रदिप विराटनगरकाे नयाँ कप्तान

पोखरा प्रिमियर लिगका लागि विराटनगर टाइटन्सले नयाँ कप्तान पाएकाे छ । यसअघिका कप्तान सन्दिप लामिछानेले पीपीएल नखेल्ने भएपछि विराटनगरले प्रदिप ऐरीलाइ नयाँ कप्तान चयन गरेकाे छ ।

अघिल्लाे सिजनमा राम्राे प्रदर्शन गर्न नसककाे विराटनगरले नयाँ कप्तान चयनसँगै उपाधिकाे पनि लक्ष्य राखेकाे छ । विकेटकिपर ब्याट्सम्यान प्रदिप पहिलाे पटक फ्रेन्चाइजी लिगमा टिमका कप्तानी गर्न लागेका हुन । सन्दिपले कप्तानी सम्हाल्दा विराटनगरले प्रतियाेगितामा एक खेलमा मात्र जित निकालेकाे थियाे ।

विराटनगरले कप्तान नयाँ लिदा अरू टिमकाे कप्तान भने यथावत रहेका छन । जसमा काठमाडौं गोल्डेन वारियर्समा ज्ञानेन्द्र मल्ल, चितवन राइनोजमा पारस खड्का र बुटवल ब्लास्टर्समा सोमपाल कामी र एक्सपर्ट धनगढीमा दिपेन्द्र सिंह ऐरी कप्तान छन ।

पोखरा प्रिमियर लिग मंसिर २८ देखी पुष १२ सम्म पोखरा रंगशाला मैदानमा हुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest