अफगानिस्तान विरूद्दकाे टेष्टमा वेष्ट इन्डिजकाे सहज जित

वेष्टइण्डिजद्वारा अफगानिस्तान नौ विकेटले पराजित अफगानिस्तानविरुद्धको टेस्ट म्याचमा वेष्ट इण्डिज विजयी भएको छ । तीन दिनमा सम्पन्न खेलमा वेष्ट इण्डिजले नौ विकेटको जित हात पारेको हो ।

सात विकेटको क्षतिमा १०९ रनको अवस्थाबाट तेस्रो दिनको खेल सुरु गरेको अफगानिस्तानले थप एघार रन जोड्दा बाँकी तीन विकेट गुमाएको थियो । ३३ रनको लक्ष्य पाएको वेष्ट इण्डिजले एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले पहिलो इनिङ्समा १८७ रन बनाएको थियो । उसका कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ रकिम कोर्नवालले सात विकेट लिए । त्यसपछि पहिलो इनिङ शुरु गरेको वेष्ट इण्डिजले २७७ रन बनायो । उसका लागि समर ब्रुक्सले १११ रनको शतकीय योगदान दिए ।

त्यस्तै जाने क्याम्पबेलले ५५ रन बनाए भने शेन डोरिचले ४२ रन जोडे । बलिङतर्फ अमिर हम्जाले पाँच विकेट लिए भने राशिद खानले तीन तथा जाहिर खानले दुई विकेट लिए । दोस्रो इनिङ्समा अफगानिस्तानले १२० रन बनाएको थियो । उसका लागि जाभेन अहमदीले ६२ रन बनाए भने अन्यको प्रदर्शन खराब रह्यो । बलिङतर्फ ज्यासन होल्डर, राकिम कर्नवाल र रोस्तन चेजले तीन–तीन विकेट बाँढे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest