स्मिथकाे टेष्ट क्रिकेटमा नयाँ कीर्तिमान

अष्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथले टेष्ट क्रिकेटमा सर्वाधिक छोटो ७ हजार रन पुरा गर्ने कीर्तिमान बनाएका छन् ।

पूर्व कप्तान समेत रहेका स्मिथले पाकिस्तानविरुद्धको दोस्रो टेष्टमा २३ रन जोड्दै उक्त कीर्तिमान बनाएका हुन् ।

स्मिथले १ सय २६ इनिङ्समा ७ हजार रन पुरा गर्दै ७३ वर्ष अघिको कीर्तिमान भंग गरेका हुन् । ७० टेष्ट खेलमा ७ हजार रन पुरा गरेका स्मिथले इंग्ल्याण्डका पूर्व कप्तान बेली हमाण्डले १ सय ३१ इनिङ्समा बनाएको ७ हजार रनको कीर्तिमान भंग गरे ।

योसँगै स्मिथ ७ हजार रन पुरा गर्ने ११ औं अष्ट्रेलियन खेलाडी बनेका छन् । दोस्रो टेष्टको दोस्रो दिन ुटिु ब्रेकसम्म स्मिथ ३४ रनमा अविजित रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest