वार्नरकाे तेहेराे शतक

अष्ट्रेलियन अाेनर ब्याट्सम्यान डेभिड वार्नर टेष्ट क्रिकेटमा तेहेरो शतक बनाएका छन् । जसका कारण उनी टेष्ट क्रिकेटमा तेहेराे सतक बनाउने साताैं अष्ट्रेलियन खेलाडी बनेका छन ।

वार्नरले पाकिस्तानविरुद्धको दोस्रो टेष्टमा ३ सय रन पुरा गरेका हुन् । निकै उच्च फर्ममा रहेका वार्नरले ३३९ बलमा तेहेराे सतक बनाए । टेष्ट क्रिकेटमा वार्नरकाे याे पहिलाे तेहेराे सतक हाे । उनी पछिल्लाे तीन बर्षमा तेहेराे सतक बनाउने पहिलाे खेलाडी हुन भने एडीलेड अाेभलमा यस्ताे सतक बनाउने पहिलाे खेलाडी हुन ।

योसँगै वार्नर तेहेरो शतक बनाउने सातौं अष्ट्रेलियन खेलाडी बनेका छन् । यसअघि अाजकाे दिनकाे खेलमा स्टिभ स्मिथले कम खेलमा सात हजार रन पुर्याउने कीर्तिमान बनाएका थिए । दुबै खेलाडीले पाकिस्तान विरूद्द नै नयाँ सफलता हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest