माल्दिभ्सले नेपाल ए टिमसामु ११४ रनकाे लक्ष्य

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत अभ्यास खेलमा माल्दिभ्सले नेपालको ए टिमलाई १ सय १४ रनको लक्ष्य दिएकाे छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन बनायो । उसका कुनै पनि खेलाडीले राम्राे साझेदारी गर्नसकेनन् । उसका लागि एहमद हसनले सर्वाधिक १९ रन बनाए। मोहम्मद रिश्वानले १२ रन बनाए भने हसन इब्राहिमले अविजित १७ रन बनाए।

माल्दिभ्सलाइ कम स्काेरमा राेक्न तिलक राज भण्डारीले ३ विकेट लिए भने बिक्रम सोबले २ तथा राहुल प्रताप सिङ, शेर मल्ल र आकास चन्दले समान एक एक विकेट हात पारे ।

यसअघि नेपालले माल्दिभ्सलाई पहिलाे खेलमा ४९ रनले पराजित गरेको थियो । दाेस्राे खेलमा नेपालले १ सय ७ रनले पराजित गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest