अष्ट्रेलिया विरुद्धको दोस्रो डे नाइट टेष्टको पहिलो पारीमा पाकिस्तान फलो अनमा परेको छ ।
एडीलेडमा जारी खेलको पहिलो पारीमा डेविड वार्नरको तेहेरो सतकका कारण अष्ट्रेलियाले तीन विकेटको क्षतीमा पाँच सय ८९ रन बनाएपछि घोषणा गरेको थियो ।
जवाफमा पाकिस्तान पहिलो पारीमा मात्र तीन सय २ रनमा अलआउट भयो । उसका लागि यासिर शाहले सतक प्रहार गरे भने बाबर अजामले ९७ रन बनाए । तर अरु खेलाडी सस्तैमा आउट भएपछि पाकिस्तान फलोअनमा परेको थियो । उसलाई कम स्कोरमा रोक्न मिचेल स्र्टाकले ६ विकेट लिए ।
पाकिस्तानले आफ्नो दोस्रो पारी सुरु गरेको छ । जसमा उसले निकै फितलो सुरुवात गरेको छ ।
Discussion about this post