अञ्जली चन्दकाे विश्व कीर्तिमान, नेपालकाे सहज जित

काठमाडौं – १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटकाे जित निकालेकाे छ । मात्र १७ रनकाे लक्ष्य पक्ष्याएकाे नेपालले मात्र ५ बलमा पुरा गर्याे ।

यसअघि पहिले ब्याटिङ गरेको माल्दिभ्सले निकै फितलो प्रदर्शन गर्यो । उसले १०.१ ओवरमा सबै विकेट गुमाएर मात्र १६ रन बनाउन सफल भयो । नेपाल आएर एउटा अभ्यास खेल खेलेको माल्दिभ्सका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

Also read: Anjali Chand achieves new feat in T20I against Maldives

माल्दिभ्स विरुद्ध अञ्जली चन्दले महिला क्रिकेटमा कीर्तिमानी बलिङ गरिन । उनले माल्दिभ्स विरुद्ध कुनै रन नदिइ ६ विकेट लिएर नयाँ कीर्तिमान बनाइन ।

उनले पहिलो ओभर मेडेन राख्दै तीन विकेट लिइन भने दोस्रो ओभरको अन्तिम दुइ बलमा दुइ विकेट लिन सफल भइन । तेस्रो ओभरको पहिलो बलमा विकेट लिए सँगै उनले ह्याट्रिक समेत पुरा गरिन । जसका कारण उनले महिला क्रिकेटमा कीर्तिमान बनाइन ।

कस्तो रहयो अन्जली को २.१ ओवर

६.२ – Zoona Mariyam c Karuna Bhandari b Anjali Chand 0 (10b 0x4 0x6) SR: 0.00
६.४ – Latsha Haleemath c SR Magar b Anjali Chand 0 (2b 0x4 0x6) SR: 0.00
६.६ – Shaffaa Saleem b Anjali Chand 0 (2b 0x4 0x6) SR: 0.00
८.५ – Eashal Ibrahim c Belbashi b Anjali Chand 0 (5b 0x4 0x6) SR: 0.00
८.६ – Kinaanath Ismail st Chaudhary b Anjali Chand 0 (1b 0x4 0x6) SR: 0.00
१०.१ – Shamma Ali b Anjali Chand 0 (1b 0x4 0x6) SR: 0.00

यसअघि कम रन दिएर धेरै विकेट लिने कीर्तिमान मलेसियाकी मास एलिसाको नाममा थियो । एलिसाले चीन विरुद्धको खेलमा ४ ओभरमा एक मेडेन राख्दै तीन रन दिएर ६ विकेट लिएकी थिइन ।

अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ । शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest