नेपाल श्रीलंकासँग ६ विकेटले पराजित

काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल श्रीलंका यु-२३ सँग ६ विकेटले पराजित भएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायाे ।

नेपालको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ७२ रन बनाए । उनले ४४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। पवन सर्राफले २२, बिनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान २१ रन तथा आरिफ शेखले १९ रन बनाए ।

नेपालको सुरूवात खराव रहयो । पारस खड्का मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि आरिफ शेख १९ तथा ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए।

चौथो विकेटको लागि दिपेन्द्र ऐरी र बिनोद भण्डारीले अर्धशतकीय साझेदारी गरे । ५६ रनको साझेदारी गरे पछि बिनोद २१ रन बनाएर कामिन्दु मेन्डीसको बलिङमा बोल्ड भए । पाँचौ विकेटका लागि दिपेन्द्रले पवनसंग ६२ रनको साझेदारी गरे।

श्रीलंकाको बलिंगमा कामिन्दु मेन्डिसले २ विकेट लिए। असिथा फर्नान्डो, कभिस्का अन्जुला र दुभिन्दु तिलकरत्नेले समान १/१ विकेट लिए।

जवाफमा श्रीलंकाले १९ ओभर एक बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका जितमा सामु असानले अविजीत ७२ रन बनाए भने निसान मदुस्काले ४६ रनको योगदान गरे । यस्तै निसंका ४६ रन जोडे ।

श्रीलंकाले सुरुवात भने राम्रो गर्न सकेन । उनले ५६ रन बनाउँदा तीन विकेट गुमाएको थियो । तर त्यसपछि साम्मु र निसानले दरिलो साझेदारी गर्दा नेपालले हारको सामना गर्यो । नेपालका लागि बलिङमा पवन सराफले दुई तथा सुसान भारी र सोमपाल कामीले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest