ज्ञानेन्द्र टी-२० मा सतक बनाउने दाेस्राे नेपाली खेलाडी

दक्षिण एसियाली खेलकुद सागमा पुरुष क्रिकेटमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले सतक प्रहार गरेका छन ।

कीर्तिपुर मैदानमा करिव ५ बर्षपछि भएको टी–२० क्रिकेट प्रतियोगितामा ज्ञानेन्द्रले आक्रामक सतक प्रहार गरे । उनले ५२ बलमा पाँच चौका र आठ छक्का प्रहार गर्दै सतक बनाए ।

टी २० क्रिकेटमा सतक बनाउँने ज्ञानेन्द्र दोस्रो नेपाली खेलाडी बनेका छन । यसअघि पूर्व कप्तान पारस खड्काले पनि टी २० मा सिंगापुरमा भएको त्रिकोणात्मक सिरीजमा सतक बनाएका थिए । तर ज्ञानेन्द्र एक सय सात रनमा आउट भए ।

यसअघि ज्ञानेन्द्रले पहिलो विकेटका लागि पारस खड्कासँग एक सय आठ रनको साझेदारी गरेका थिए । जुन टी २० क्रिकेटमा पहिलो विकेटका लागि भएको अहिलेसम्मकै ठुलो साझेदारी हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest