भुटानविरुद्ध बंगलादेश यु-२३ १० विकेटले बिजयी

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत बंगलादेश यु-२३ ले भुटानविरुद्ध १० विकेटको जित निकालेको छ । लगातार २ खेलमा जित हात पार्दै ४ अंकका साथ बंगलादेश तालिकाको दोस्रो स्थानमा छ ।

भुटानले दिएको ७० रनको लक्ष्य बंगलादेशले ६.५ ओभरमा कुनै पनि विकेट नगुमाई पुरा गरेको हो । बंगलादेशको जितमा सौम्य सरकारले नट आउट ५० तथा मोहम्मद नइमले ६० रनको योगदान गरे ।

पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन बनाएको थियो । भुटानका तेन्जिङ वान्चुकले सर्वाधिक १५ रन जोड्दा जिग्मे सिंगेले १३ र जिग्मे दोर्जीले १२ रन बनाएका थिए ।

अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बंगलादेशका मनिक खानले २ विकेट लिए ।

यसैबीच, आजै नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेलमा श्रीलंका यु २३ सँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आज माल्दिभ्सविरुद्ध फराकिलो जित निकाल्न सके नेपालको पनि फाइनल प्रवेशको सम्भावना रहने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest